आयरल्याण्ड ‘ए’विरुद्ध नेपाललाई तेस्रो सफलता

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाललाई तेस्रो सफलता

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । आयरल्यान्ड ‘ए’विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । तेस्रो विकेटका रुपमा नेपालले केड कार्माइकलको विकेट लिएको हो । नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ‘ए’विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको हो। आयरल्यान्ड ‘ए’ अहिले १८ ओभर खेल्दै १०६ रन बनाएर ब्याटिङ गरिरहेको छ ।

नेपालले आज रुपेशसिंह, विकाश आग्री, रञ्जित कुमार र अर्जुन कुमाललाई खेलाएको छ । पछिल्लो खेलबाट आरिफ शेख, बसिर अहमद, मौसम ढकाल र कमलसिंह ऐरी बेन्चमा छन् । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ः विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, शाहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल र विकास आग्री ।

Logo