आयरल्यान्ड ‘ए’विरुद्ध अर्जुन कुमालकाे महत्वपूर्ण शतक

आयरल्यान्ड ‘ए’विरुद्ध अर्जुन कुमालकाे महत्वपूर्ण शतक

केन्द्रबिन्दु
98
Shares

नेपालका अर्जुन कुमालले आयरल्यान्ड ‘ए’ विरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा महत्वपूर्ण शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ले जितका लागि दिएको दुई सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा कुमालले महत्वपूर्ण शतक प्रहार गरेका हुन् । ११३ बलको सामना गरेका उनले १४ चौका हाने । हाल नेपालले ३४ ओभरमा ५ विकेट गुमाउँदै २०० रन पूरा गरेकाे छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रनको योगफल बनाएकाे थियाे । आयरल्यान्ड ‘ए’का स्टीफन डोहनीले शतकीय पारी खेले । उनले एक सय २९ बलमा आठ छौका र दुई छक्काको सहयोगमा एक सय सात रनको योगदान दिए । त्यस्तै पिटर मुरले २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४४ रन बनाए भने म्याथ्यु हम्फ्रेजले २३, मोर्गन टोप्पिङले २१ र फिन ह्यान्डले २० रन जोडे ।

बलिङतर्फ नेपाल ‘ए’का रिजन ढकाल र रञ्जित कुमारले समान तीन/तीन विकेट लिए भने विकास आग्री र साहब आलमले समान एक/एक विकेट लिए ।

यसअघि भएको दुवै खेलमा नेपाल ‘ए’ पराजित भएको थियो । नेपाल ‘ए’ आयररल्यान्ड ‘ए’सँग पहिलो खेलमा २१ र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो । आयरल्यान्ड ‘ए’ भने आजको खेल जित्दै शृङ्खला ‘क्लिन स्विप’ गर्न चाहन्छ ।

Logo