वेस्ट इन्डिजका एस्टविक नेपालका बलिङ् कन्सल्टेन्ट

वेस्ट इन्डिजका एस्टविक नेपालका बलिङ् कन्सल्टेन्ट

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलिङ कन्सल्टेन्टमा वेस्ट इन्डिजका रोड्रिक ओरभिल एस्टविक नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एस्टविकलाई बलिङ कन्सल्टेन्ट नियुक्त गरेको जनाएको हो।

तीव्र गतिका बलर एस्टविकले आठ वर्षभन्दा लामो समयदेखि वेस्ट इन्डिजको सियिनर टोलीसँग काम गरेका छन्।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाई वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षकहुँदा यी दुईलेसँगै काम गरेका थिए।

क्यानका अनुसार एस्टविकले यसै साता ओमानमा सुरू हुने एसीसी मेन्स प्रिमियर कपबाट टोलीसँग जोडिनेछन्।

Logo