टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

केन्द्रबिन्दु
280
Shares

काठमाडौं । अगामी टी-२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन्।

नयाँ जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ । रंग रातो, हल्का मधुरो र सेतोमा छ । बीचमा नेपाल लेखिएको छ । बीचको भागको रंग निलो छ । बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो छ । यो जर्सी केल्मीले निर्माण गरेको क्यानले जनाएको हो।

विश्वकपको आयोजना यसै जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

Logo