कर्णाली प्रदेश अन्तर-प्रदेश राष्ट्रिय फुटबलको सेमीफाइनलमा

कर्णाली प्रदेश अन्तर-प्रदेश राष्ट्रिय फुटबलको सेमीफाइनलमा

केन्द्रबिन्दु
70
Shares

हेटौंडा। कर्णाली प्रदेश हेटौंडामा जारी अन्तर-प्रदेश राष्ट्रिय खेलकुद २०८० पुरुष फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

हेटौंडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा भएको दोस्रो दिनको खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीचको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो।

खेलको पहिलो हाफको १६ औं मिनेटमा कर्णाली प्रदेशले अग्रता बनाएको थियो। कर्णालीको लागि सुभाष बमले गोल गरेका थिए र पहिलो हाफमा कर्णाली प्रदेशले एक सुनाको गोल अग्रता राख्दै लुम्बिनी प्रदेशलाई दबाबमा राखेको थियो।

दोस्रो हाफको ५६औँ मिनेटमा लुम्बिनीले बराबरी गोल गर्न सफल भयो। लुम्बिनीका लागि रोहित सुनवारले बराबरी गोल गरेका थिए। खेलको ७१ औँ मिनेटमा लुम्बिनीले आफ्नो गोल संख्यालाई दुई पुर्याएको थियो। दीपकराज सिंहको उत्कृष्ट फ्रि किक गोलमार्फत लुम्बिनी प्रदेशले आफ्नो अग्रतालाई बढाएको थियो। खेलको ७६औँ मिनेटमा कर्णाली प्रदेशले खेललाई बराबरी गर्न सफल भयो।

कर्णाली प्रदेशको लागि किरण रावतले बराबरी गोल गरेका थिए। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा ४–२ गोल अन्तरले लुम्बिनी प्रदेशले पराजित गर्दै कर्णाली प्रदेश सेमिफाइनलमा प्रवेश गरेको हो।

कर्णालीको लागि पेनाल्टी सुटआउटमा सुभाष बम, दिनेशकुमार सिंह, सोनम आचार्य र सुबिन विकले गोल गरेका थिए। लुम्बिनी प्रदेशका लागि भने अनुप बुढाथोकी र चेतनकुमार थारुले मात्र पेनाल्टीमा गोल गर्न सफल भए।

खेलमा उत्कृष्ट प्रदर्शनका लागि कर्णाली प्रदेशका गोलकिपर प्रवेश बूढा थापालाई म्यानअफ द म्याच घोषित भएका छन्। बागमती प्रदेश खेलकुद विकास समितिको आयोजना एवं बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको व्यवस्थापनमा यो प्रतियोगिता भएको हो।

Logo