आईपीएलमा आज राजस्थान र गुजरात भिड्दै

आईपीएलमा आज राजस्थान र गुजरात भिड्दै

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ।जयपुरस्थित सवाईमान सिंह स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ मा सुरु हुनेछ।

शुभमन गिलको कप्तानीमा रहेको साविक उपविजेता गुजरात आजको खेलमा निकै दबाबमा हुनेछ। जारी सिजनमा गुजरातले राम्रो प्रदर्शन गर्न सकेको छैन भने सञ्जु सैमसनको कप्तानीमा रहेको राजस्थानले सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।

हालसम्म ५ खेल खेलेको गुजरातले जम्मा २ खेलमा जित हात पारेको छ भने ३ खेलमा पराजित भएको छ। र, अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ।

४ खेल खेलेको राजस्थान भने सबैमा जित हात पार्दै शीर्ष स्थानमा रहेको छ। सन् २०२२ मा पहिलो पटक आईपीएलमा सहभागी भएको गुजरातले एक पटक उपाधि उचालिसकेको छ भने एक पटक उपविजेता बनेको छ।

तर, राजस्थानले जारी सिजन बाहेक अन्यमा राम्रो खेल्न सकेको छैन। जसका कारण सुरुदेखि नै आईपीएलमा रहेको राजस्थानले एक पटक बाहेक उपाधि उचाल्न सकेको छैन। दुवै टोलीबीच हालसम्म ५ खेल भएका छन्। जसमा गुजरातले ४ र राजस्थानले जम्मा १ खेलमा जित हात पारेको छ।

Logo