एसीसी प्रिमियर कपः नेपालले आज कतारसँग खेल्दै

एसीसी प्रिमियर कपः नेपालले आज कतारसँग खेल्दै

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ। खेल दिउँसो ४:१५ मा अल अमरेत क्रिकेट मैदान-१ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो।

नेपाली ब्याटरलाई आजको खेलमा आक्रामक क्रिकेट खेल्न आवश्यक देखिन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन्। उनको अलराउन्ड प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । आजको खेलमा नेपालले टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ।

Logo