कतारविरुद्ध कप्तान पौडेल पनि आउट

कतारविरुद्ध कप्तान पौडेल पनि आउट

केन्द्रबिन्दु
56
Shares

नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत आफ्नाे दोस्रो खेलमा कतारविरुद्ध महत्वपूर्ण विकेट गुमाएको छ ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले आठौं ओभरको पाँचौं बलमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । १७ बल खेलेका उनले ३ चौकाको मदतमा १८ रन जोडे ।

हाल नेपालले २ विकेटको क्षतिमा ६७ रन जोडेको छ । यसअघि नेपालले तेस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियाे । उनी ११ बलमा १२ रन जोड्दै आउट भए ।

Logo