बर्नमाउथसँग म्यानचेस्टर युनाइटेडको कठिन बराबरी

बर्नमाउथसँग म्यानचेस्टर युनाइटेडको कठिन बराबरी

केन्द्रबिन्दु
28
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले कठिन बराबरी गरेको छ। एफसी बर्नमाउथसँग २-२ गोलको पुनरागमन बराबरी गर्दै तालिकामा एक अंक थपेको हो।

बर्नमाउथले घरेलु मैदानमा १६ औं मिनेटमा अग्रता लिएको थियो। उसका डोमोनिक सोलांकेले मार्कोस सेन्सीको पासमा गोल गर्दै अग्रता दिलाएका थिए।

३१ औं मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए। ३६ औं मिनेटमा सेन्सीको पासमा जस्टिन कुलभर्टले गोल गरेपछि बर्नमाउथले फेरि २–१ को अग्रता बनाएको थियो।

१ गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा पेनाल्टीमार्फत बराबरी गरेको हो। ६५ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २-२ को अवस्थामा ल्याएका थिए। त्यसपछि थप गोल नभएपछि दुवै टिमले तालिकामा एक एक अंक जोडेका छन्।

युनाइटेड ३२ खेलबाट ५० अंकका साथ तालिकाको सातौं स्थानमा रहँदा बर्नमाउथ समान खेलबाट ४२ अंकका साथ १२ औं स्थानमा छ। जारी सिजनमा म्यानचेस्टर सिटी ७३ अंकका साथ शीर्ष स्थानमा रहँदा आर्सनल र लिभरपुल एक खेल कम खेल्दै समान ७१ अंकका साथ तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्।

प्रिमियर लिग अन्तर्गत आज तीन वटा खेल हुने छन्। नेपाली समय अनुसार पौने ७ बजे लिभरपुल र क्रिष्टल प्यालेस तथा वेस्टह्याम र फुलह्यामबीच प्रतिस्पर्धा हुनेछ। यस्तै, सवा ९ बजे आर्सनल र एस्टन भिल्ला आमने सामने हुने छन्।

Logo