हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य, चम्किए अविनास र दीपेन्द्र

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य, चम्किए अविनास र दीपेन्द्र

केन्द्रबिन्दु
168
Shares

एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङले नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १७.५ ओभरमा अलआउट हुँदै ११४ रन जोडेको हो । वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको निर्धारित २० ओभरको खेललाई १८ ओभरमा घटाइएको थियाे ।

हङकङका लागि ओपनर अंशु राठले सर्वाधिक ३४ रन जोडे । साथै जिसान अलिले १४ रन, कप्तान निकाज खानले १२ रन तथा इशान खानले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।

बलिङमा अविनास बोहराले ३ विकेट लिए । साथै ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समाान २/२ विकेट लिए । दीपेन्द्रले १८औं ओभरको चौथो र पाँचौं बलमा लगातार विकेट लिएपछि हङकङ १८ ओभर पनि टिक्न नसकेको हो ।

नेपाल लगातार तेस्रो जितको खोजीमा छ । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

Logo