हङकङविरुद्ध नेपालले पावर प्लेमै जोड्यो ७२ रन

हङकङविरुद्ध नेपालले पावर प्लेमै जोड्यो ७२ रन

केन्द्रबिन्दु
56
Shares

एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा हङकङले जितका लागि दिएको ११५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खेलको पहिलो पावर प्लेमा एक विकेटको क्षतिमा ७२ रन जोडेको हो । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले सानदार सुरुवात दिलाए । भुर्तेलले १९ बलमै ३२ रन जोडेर आउट भए । आशिफ शेख १५ बलमा ३८ रन जोडेर खेलिरहेका छन् ।

Logo