७० रनमा गुमायो नेपालले पहिलो विकेट

७० रनमा गुमायो नेपालले पहिलो विकेट

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।

१ सय १५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनर कुशल भुर्तेल ३२ रन जोड्दै आउट भए। उनले १९ बलमा ३ चौका र २ छक्काको मद्धतमा ३२ रन जोडेर पभेलियन फर्के।

ताजा अवस्थामा नेपाल १ विकेट गुमाएर ५.३ ओभरमा ७० रन बनाएर खेलिरहेको छ।

वर्षाले प्रभावितहुँदा खेल निर्धारित समयभन्दा केही ढिला सुरू भएको थियोभने १८ ओभरमा छोट्याइएको छ।

Logo