नेपालका लागि ४० रन जोड्दै आउट भए आशिफ

नेपालका लागि ४० रन जोड्दै आउट भए आशिफ

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग खेलिरहेको नेपालले दोश्रो विकेट गुमाएको छ।

१ सय १५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनर आशिफ शेख आउट भएका छन्। १८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै आशिफले ४० रन जोड्दै क्याच आउट भए।

यस अगाडि नेपालले अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। उनले १९ बलमा ३ चौका र २ छक्काको मद्धतमा ३२ रन जोडेर एलबीडब्लूका शिकार भएका थिए।

ताजा अवस्थामा नेपाल २ विकेट गुमाएर ७.१ ओभरमा ७७ रन बनाएर खेलिरहेको छ।

वर्षाले प्रभावितहुँदा खेल निर्धारित समयभन्दा केही ढिला सुरू भएको थियोभने १८ ओभरमा छोट्याइएको छ।

Logo