समूहचरणको अन्तिम खेलमा इंग्ल्याण्ड विजयी, भारत र क्यानडाको खेल रद्द

समूहचरणको अन्तिम खेलमा इंग्ल्याण्ड विजयी, भारत र क्यानडाको खेल रद्द

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डले समूह चरणको अन्तिम खेलमा जित निकालेको छ।

शनिबार राति भएको शनिबार राति भएको वर्षाले प्रभावित खेलमा नामिबियालाई ४१ रनले पराजित गरेको हो।

सुपर एटमा पुग्न अब इंग्ल्याण्डले अष्ट्रेलिया र स्कटल्याण्डको खेलको नतिजामा भर पर्नु पर्नेछ। समूह ‘बी’ को अन्तिम खेलमा अष्ट्रेलियाले स्कटल्यान्डलाई हराएमा इंग्ल्याण्डको अन्तिम आठमा प्रवश गर्ने छ। ३ घण्टा ढिलो सुरु भएको खेलमा इंग्लिस टोलीलाई भाग्य, मौसम र पिचको साथ मिलेको थियो। एन्टिगुवामा बेलाबेलामा पानी परेको थियो र ओभर घटाइएको थियो।

नामिबियाले टस जितेर बलिङ रोजेको थियो। इंग्ल्यान्डले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाए पनि डिएलएस पद्धतिमा १२२ बाट १२७ रन बनाएको थियो। जवाफी इनिङ्समा नामिबियाको सुरुवात सुस्त रह्यो र टोलीले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ८४ रन मात्र बनाउन सकेन।

ह्यारी ब्रुक खेलको प्लेयर अफ द म्याच भए। उनले २० बलमा अविजित ४७ रनको महत्वपूर्ण इनिङ खेले। यसैगरी जोनी वेरिस्टोले ३१ रन बनाउँदा मोइन अलीले १६ रन जोडे। त्यस्तै, फिल साल्टले ११ रन बनाउँदा लियाम लिभिङस्टोन १३ रन बनाएर रनआउटको शिकार भए। नामिबियाका रुबेने ट्रम्पलम्यानले २ विकेट लिए।

जवाफामा नामिबियाका ओपनर मिचेल भान लिंनगेनले २९ बलमा ३३ रन बनाउँदा निकोलस डाभिनले १६ बलमा १८ रनको पारि खेले। यस्तै, डेभिड वाइजले १२ बलमा २७ रनको पारि खेल्दा पनि निर्धारित ओभरमा ३ विकेट गुमाएर ८४ रनमात्रै बन्दा टोलीले जित निकाल्न असफल भयो।

इंग्ल्याण्डका जोफ्रा आर्चर र क्रिस जोर्डनले एक एक विकेट लिए।

भारत र क्यानडाको खेल रद्द
आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारत र क्यानडाबीचको खेल रद्द भएको छ। फ्लोरिडाको लाउडरहिलमा तय भएको प्रतियोगिता वर्षाका कारण रद्द भएको हो। अम्पायरहरूले दुई पटक निरीक्षण गरेपछि खेल रद्द गर्ने निर्णय गरेका हुन्।

वर्षाका कारण यस मैदानमा लगातार तेस्रो खेल हुन सकेन। फ्लोरिडामा वर्षाका कारण आज पनि खेलको टस हुन सकेन। फ्लोरिडामा पछिल्लो एक सातादेखि भारी वर्षा भइरहेको छ।

भारत समूह ए बाट सुपर एटमा पुगिसकेको छ। जसले गर्दा नतिजाले कुनै पनि प्रभाव परेन। यही समूहबाट अमेरिकाले पनि अन्तिम ८ मा स्थान पक्का गर्दा पाकिस्तान, क्यानडा र आयरल्याण्ड बाहिरिएका छन्। यही मैदानमा आइतबार पाकिस्तान र आयरल्याण्डले समूह चरणको अन्तिम खेल खेल्ने छन्।

Logo