मनास्लु स्कुलको आयोजनामा बास्केटबल प्रतियोगिता सञ्चालन

मनास्लु स्कुलको आयोजनामा बास्केटबल प्रतियोगिता सञ्चालन

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । काठमाडौं नयाँबजारस्थित् रहेको मनास्लु स्कुलले शनिबारदेखि एसईई दिएर बसेका विद्यार्थीका लागि बास्केटबल प्रतियोगिता सञ्चालन गरिरहेको छ।

आज(आइतबार)सम्म चल्ने बास्केटबल प्रतियोगिता पुरूष तर्फ २६ र महिला तर्फ १२ वटा टिमले प्रतिस्पर्धा गरिरहेका छन्।

स्कुलको आफनै परिसरमा सञ्चालन भइरहेको पुरूष तथा महिला दुवै तर्फ प्रथम हुने टोलीले १५ हजार तथा द्वितीय हुने टोलीले १० हजार धनराशीको पुरस्कार प्राप्त गर्ने स्कुलले जनाएको छ।

खेल भावना अनुरूप खेलाडीबीच मित्रता अभिबृद्धि गर्ने उदेश्यका साथ यो प्रतियोगिताको आयोजना गरिएको आयोजक स्कुलका बास्केटबल प्रशिक्षक तथा प्रतियोगिता संयोजक शैलेश श्रेष्ठले जानकारी गराए।

फिबा मान्यता प्राप्त निर्णायकले खेलाउने यो प्रतियोगिताको समापन आज हुँदैछ।

Logo