बंगलादेशविरूद्ध नेपाललाई १ सय ७ रनको लक्ष्य

बंगलादेशविरूद्ध नेपाललाई १ सय ७ रनको लक्ष्य

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । आइसीसी टी-२० विश्वकपअन्तर्गत बंगलादेशसँग खेलिरहेको नेपालले १ सय ७ रनको लक्ष्य पाएको छ।

टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ६ रन मात्र जोड्न सक्यो।

पहिलो इनिङमा नेपाली बलरहरू हावी हुँदा बंगलादेश १ सय ६ रनमै समेटिएको हो।

बंगलादेशले पहिलो ६ ओभरमा आफ्ना चार प्रमुख ब्याट्सम्यानलाई ३१ रनमा गुमाएको थियो।

बंगलादेशका तान्जिद हसन शून्य, लिटन दास १०, कप्तान नाजमुल होसैन शन्तो ४ र टोविद हृदयले ९ रनमात्र जोड्न सके। त्यस्तै, रिसाद होसेन १३ रन जोडे।

नेपालका लागि सोमपाल कामीले इनिङको पहिलो बलमै विकेट दिलाएका थिए। उनले पावर प्लेमा ३ ओभर बलिङ गर्दै १० रन दिएर २ विकेट लिएका थिए।

नेपालका लागि सोमपाल, कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिएका छन्।

यस्तै, यही खेलबाट सन्दीपले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पुरा गरेका छन्।

सन्दीपले जारी टी-२० विश्वकपमा बंगलादेशविरुद्ध २ विकेट लिएसँगै आफ्नो सय विकेट पुरा गरेका हुन्।

सन्दीपले टी-२० क्रिकेटमा ५४ खेलमा १०० विकेट लिएका हुन्। उनी टी-२० क्रिकेटमा छिटो सय विकेट लिने दोस्रो खेलाडी बनेका छन्। यसअघि यो किर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको छ।

राशिदले ५३ खेलमा सय विकेट लिएका छन्।

Logo