१ रन जोड्दै कप्तान रोहित आउट

१ रन जोड्दै कप्तान रोहित आउट

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । आइसीसी टी-२० विश्वकपअन्तर्गत बंगलादेशसँग खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ।

नेपालका लागि कप्तान रोहित पौडेल १ रन जोड्दै क्याच आउट हुन पुगे।

नेपाल अहिले ४.२ ओभरमा ३ विकेट गुमाउँदै २० रनमा खेलिरहेको छ।

यस अगाडि टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ७ रनको लक्ष्य दिएको छ।

यस अगाडि पहिलो विकेटका रुपमा नेपालका लागि ओपनर कुशल भुर्तेललाई ४ रन जोड्दा दोश्रो विकेटका लागि अनिश शाह शून्य रनमा क्याच आउट भए।

Logo