बंगलादेशसँग २१ रनले नेपाल पराजित

बंगलादेशसँग २१ रनले नेपाल पराजित

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । आइसीसी टी-२० विश्वकपअन्तर्गत अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ७ रनको लक्ष्य दिएको छ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८५ रन मात्र जोड्न सक्यो।

पहिलो विकेटका रुपमा नेपालका लागि ओपनर कुशल भुर्तेललाई ४ रन जोड्दा दोश्रो विकेटका लागि अनिश शाह शून्य रनमा क्याच आउट भए।

यस्तै, तेश्रो विकेटका लागि कप्तान रोहित पौडेल १ रन जोड्दै क्याच आउट हुँदा चौथो विकेटका रुपमा ओपनर आशिफ शेखपनि १७ रनमा क्याच आउट भए।

पाँचौ विकेटका रुपमा सन्दीप जोरा १ रन जोड्दै क्याच आउट हुँदा छैटौँ विकेटका लागि कुशल मल्लले २७ रनमा क्याच आउट भए। गुल्शन झा नेपालका लागि सातौ विकेटका रुपमा शून्य रन जोड्दै क्याच आउट भए।

त्यस्तै, दीपेन्द्रसिंह ऐरी २५ रनमै क्याच आउट हुँदा अन्य ब्याटसम्यानले दोहोरो अंक नै बनाउन सकेनन्।

Logo