युरोकप: जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए

युरोकप: जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । जर्जिया र चेक रिपब्लिकले बराबरी खेलेका छन्। जारी युरोकपको समूह एफ अन्तर्गतको शनिबार सम्पन्न खेलमा जर्जिया र चेक रिपब्लिक १-१ गोलको बराबरी खेलेपछि एक/एक अंक बाँडेका हुन्।

पहिलो हाफमा जर्जस मिकाउटाजेको गोलमा जर्जियाले अग्रता लिएकोमा खेलको ५९औं मिनेटमा पाट्रीक सचिकले गोल गर्दै खेल बराबरी गरेका थिए।

यस अघि आ-आफ्नो पहिलो खेल हारेका जर्जिया र चेक रिपब्लिकले दोस्रो खेलमा एक/एक अंक हासिल गरेका छन्।

पहिलो खेलमा जर्जिया टर्कीसँग ३-१ गोल अन्तरले पराजित भएको थियो भने चेक रिपब्लिक पोर्चुगलसँग २-१ गोलले पराजित भएको थियो।

अब समूह चरणको अन्तिम खेलमा जुन २७ मा जर्जियाले पोर्चुगलको सामना गर्ने छ भने चेक रिपब्लिकले सोही दिन टर्कीको सामना गर्ने छ।

Logo