पोर्चुगल जारी युरोकपको नकआउट चरणमा

पोर्चुगल जारी युरोकपको नकआउट चरणमा

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । पोर्चुगल जारी युरोकपको नकआउट चरणमा पुगेको छ। गएराती सम्पन्न समूह एफ अन्तर्गतको खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल प्रतियोगिताको नकआउट चरणमा पुगेको हो।

पोर्चुगलको जितमा बेर्नान्डो सिल्भा र ब्रुनो फर्नानडेजले एक/एक गोल गरेका थिए भने एक गोल टर्कीका सामेत अकायदिनले आत्मघाती गोल गरेका थिए।

यो पोर्चुगलको लगातार दोस्रो जित हो। यस अघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि २-१ को जित हासिल गरेको थियो। समूह एफ मा २ खेलमा दुवै जितसहित ६ अंक हासिल गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको छ। त्यस्तै टर्कीको २ खेलमा ३ अंक रहेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ।

अब पोर्चुगलले समूह चरणको अन्तिम खेलमा जर्जियासँग जुन २७ मा खेल्ने छ भने सोही दिन टर्कीले चेक रिपब्लिकसँग खेल्ने छ।

Logo