रोमानियामाथि बेल्जियमको जित

रोमानियामाथि बेल्जियमको जित

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । बेल्जियमले जारी युरोकपमा रोमानियालाई पराजित गरेको छ।

गएराती सम्पन्न समूह इ अन्तर्गतको खेलमा बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको हो। बेल्जियमको जितमा योउरी टिएलेम्यान र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए।

पहिलो खेलमा स्लोभाकियासँग १-० को हार बेहोरेको बेल्जियमले दोस्रो खेलमा जित हासिल गर्दै महत्वपूर्ण ३ अंक बटुलेको हो। यो जितपछि बेल्जियम समूह इ मा दोस्रो स्थानमा उक्लिएको छ भने रोमानिया २ खेलमा ३ अंकसहित नै शिर्ष स्थानमा छ।

अब बेल्जियमले समूह चरणको अन्तिम खेलमा जुन २६ मा युक्रेनको सामना गर्ने छ भने रोमानियाले स्लोभाकियाको सामना गर्ने छ।

Logo