नेपाललाई पाँच स्वर्णसहित सात पदक

नेपाललाई पाँच स्वर्णसहित सात पदक

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ ।

प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जितेका हुन् । नेपालले थप एक रजत र एक कांस्य पनि जितेको हो । नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा १ गरी ७ पदक जितेको हो ।

पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजंग खड्काले स्वर्ण जिते । पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारे ।
भारतको गोआमा जुन २१ देखि २३ तारिखसम्म भएको प्रतियोगिताको सब जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा यु–१२ एकल पुम्सेमा आभास देवले कांस्य प्राप्त गरे ।

नेपाली टोलीको प्रशिक्षकमा दिपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा रहेका छन् ।

Logo