महिला एसिया कपको उद्घाटन खेलमा नेपाल र युएई भिड्ने

महिला एसिया कपको उद्घाटन खेलमा नेपाल र युएई भिड्ने

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन्।

एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार जुलाई १९ मा हुने उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका हुन्।

समूह ‘ए’ मा रहेको नेपालले अब पाकिस्तानसँग जुलाई २१ र भारतसँग जुलाई २३ मा खेल्ने छ।

यो प्रतियोगिता श्रीलंकामा हुँदैछ।

Logo