अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

केन्द्रबिन्दु
294
Shares

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ। बुधबार बिहान सम्पन्न खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। अर्जेन्टिनाले समूह ए मा लगातार दोस्रो जित हासिल गरेको छ।

चिलीविरूद्धको जितमा खेलको ८८औँ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो जितपछि समूह ए मा अर्जेन्टिनाको २ खेलमा ६ अंक भएको छ भने क्यानडाको २ खेलमा ३ र चिली र पेरुको २-२ खेलमा एक एक अंक रहेको छ।

अब अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा जुन ३० मा पेरुसँग खेल्ने छ भने चिलीले क्यानडाको सामना गर्ने छ।

Logo