डेभिड वार्नरको सन्यास

डेभिड वार्नरको सन्यास

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । अस्ट्रेलिया टी-२० विश्वकपबाट बाहिरिएपछि आक्रामक ब्याट्सम्यान डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। वार्नरले टेस्ट क्रिकेट र एकदिवसीय क्रिकेटबाट यस अघि नै सन्यास लिएका थिए।

वार्नरले अस्ट्रेलियाका लागि ११० टी-२० खेलेका छन्। जसमा ३३.४३ को औसतमा ३२७७ रन बनाएका छन्। साथै, उनले २८ अर्धशतक र एक शतकसमेत बनाएका छन्।

यस विश्वकपमा भने वार्नरले दुई अर्धशतक बनाए। उनले ओमानविरूद्ध ५६ र बंगलादेशविरूद्ध ५३ रनको पारी खेलेका थिए।

उनले २००९ मा दक्षिण अफ्रिकाविरुद्ध टी-२० डेब्यु गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि ३७ वर्षीय वार्नरले फ्रेन्चाईजी टी-२० लिग भने खेल्ने बताइएको छ।

Logo