खस्कियो दीपेन्द्रको वरियता, कतिऔं स्थानमा पुगे ?

खस्कियो दीपेन्द्रको वरियता, कतिऔं स्थानमा पुगे ?

केन्द्रबिन्दु
140
Shares

काठमाडाै‌ । केहि दिन अघि मात्रै आईसीसीको वरीयतामा छैटौँ स्थानमा रहेका नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीको वरीयता खस्किएको छ। आईसीसीले आज सार्वजनिक गरेको टी–२० अलराउण्डरतर्फको नयाँ वरीयतामा दिपेन्द्र एक स्थान तल झरेका हुन्। यसअघि छैटौँ वरीयतामा रहेका दिपेन्द्र नयाँ वरीयतामा सातौँ स्थानमा आइपुगेका छन्।

यस्तै वरीयताको शीर्ष स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा, दोस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी र तेस्रो स्थानमा भारतका हार्दिक पाण्ड्या रहेका छन्।

टी–२० को ब्याटिङतर्फ भने दीपेन्द्रको वरीयता यथावत नै रहेको छ। बलिङतर्फ सोमपाल कामी ९१औँ स्थानमा यथावत रहँदा दीपेन्द्र एक स्थान खस्कँदै ९७औँ स्थानमा झरेका छन्।

Logo