लागुपदार्थविरुद्ध जागरणको लागि ५ किमी दौड प्रतियोगिता आयोजना हुँदै

लागुपदार्थविरुद्ध जागरणको लागि ५ किमी दौड प्रतियोगिता आयोजना हुँदै

केन्द्रबिन्दु
98
Shares

मिरा राई इनिसियटिभको सहकार्यमा होप फाउन्डेसन नेपालले ५ किमी यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ | यात्रा दौड प्रतियोगिता यहि असार २२ गते हुन लागेकाे हाे ।

प्रतियोगिताकाे उदेश्य लागुपदार्थ दुर्व्यसनीबारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप फाउन्डेसनका अध्यक्ष राजिव थापाले जानकारी दिए । उक्त कार्यक्रममा सहभागिताहरुले खुला र विद्यार्थी वर्गमा निःशुल्क दर्ता गर्न सक्ने आयोजकले जनाएको छ र विजेताहरुले ५० हजार रुपैयाँ बराबरको नगद पुरस्कार पनि प्राप्त गर्नेछन् |

आज काठमाडौंमा आयोजना भएको एक समारोहमा मिरा राइले युवाहरुलाई लागुपदार्थ दुर्व्यसनीबाट बचाउन जनचेतना फैलाउने उदेश्यले गरिने यस्ता महत्वपूर्ण कार्यक्रमहरु देशैभर गर्नुपर्नेमा जोड दिइन् | समारोहमा उपस्थित अन्य वक्ताहरुले यस्ता महत्वपूर्ण कार्यक्रमहरु हरेक टोल समाजले अयोजना गर्न पर्ने र सरकारले पनि यस्ता विकृतिहरुलाई निर्मुल पार्नको लागि राष्ट्रिय स्तरको जनाचेतना कार्यक्रमहरु गर्न पर्नेमा जोड दिए|

Skip This
Logo