कसले जित्ला त यो वर्षको बालोन डी’ओर अवार्ड ? मेसी र रोनाल्डोको ताज चुम्न यी स्टारकाे इन्ट्री[भिडियाेसहित]

कसले जित्ला त यो वर्षको बालोन डी’ओर अवार्ड ? मेसी र रोनाल्डोको ताज चुम्न यी स्टारकाे इन्ट्री[भिडियाेसहित]

केन्द्रबिन्दु
210
Shares

काठमाडाैं । यस वर्षको मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता सकिएसँगै अब कसले बालोन डी‘ओरको अवार्ड जित्ला भन्नेमा चासो सबैमा बढेको छ । घरेलु लिग, च्याम्पियन्स लिग, कोपा अमेरिका र युरोकप फुटबल सकिएसँगै यस वर्ष बालोन डी‘ओर जित्न सक्ने खेलाडीहरुको नाम आंकलन गर्न थालिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितमा करिब दुई दशक एकछत्र राज गरेका दुई महान खेलाडी लियोनल मेसी र रोनाल्डो करिअरको उत्तरार्धमा आइपुग्दा अहिले नयाँ अनुहारहरु बालोन डी‘ओर जित्न सक्ने खेलाडीहरुका रुपमा अघि आउन थालेका छन् । मेसीले यो अवार्ड ८ पटक जितेका छन् भने रोनाल्डोले यो अवार्ड ५ पटक जितेका छन् । आफ्नो करिअरको महत्वपूर्ण समयमा कुनै खेलाडीलाई प्रवेश गर्न नदिएका रोनाल्डो र मेसी अहिले सम्भावित खेलाडीहरुको सूचीमै पर्न छाडेका छन् ।

सोही कारण जारी सिजन नयाँ अनुहारका रुपमा स्पेनिस क्लब रियल मड्रिडका भिनिसियस जुनियर र जुड बेलिङ्घमलाई कोपा अमेरिका र युरोकप अघि प्रमुख दाबेदारका रुपमा हेरिएको थियो । तर कोपा र युरो दुबै सकिएपछि जुड र भिनी दुबैले ट्रफी जित्नबाट पन्छिएपछि अब यी दुई खेलाडी बाहेक अन्य खेलाडी पनि अगाडि आएका छन् । क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सबैजसो ट्रफी जितेका यी दुई खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने देशका नाममा उपाधि विहिन भएपछि यस्तो समिकरण तयार भएको हो ।

तर यदि यदि यी खेलाडीमध्ये कुनै एकले मात्रै पनि अन्तर्राष्ट्रिय उपाधि जितेका भए अन्य खेलाडीको सम्भावना निकै न्यून हुने थियो । फुटबलको चर्चित वेबसाइट ‘गोल’ले सार्वजनिक गरेको एक सर्वेअनुसार अब बालोन डी‘आर अवार्डमा अर्जेन्टिनाका लौटारो मार्टिनेज र स्पेनका रोड्री पनि प्रमुख दाबेदार बनेका छन् ।

अर्जेन्टिनालाई लगातार दोस्रोपटक कोपा अमेरिका जिताउँन निर्णायक प्रदर्शन गरेकामार्टिनेजले प्रतियोगिताभर ५ गोल गर्दै उनी प्रतियोगिताकै सर्वाधिक गोल स्कोरर बनेका थिए। सोही कारण उनले गोल्डेन बुट पनि जितेका थिए। यसैगरी गत सिजन क्लब इन्टर मिलानका लागि ‘सिरी ए’ र ‘सुपर कप’ जिताएका मार्टिनेज ‘सिरी ए’ का पनि सर्वाधिक गोल स्कोरर हुन् । उनले जारी सिजन ‘सिरी ए’ को बेस्ट प्लेयर अफ् द सिजनको अवार्ड पनि जितेका थिए । सोही कारण मार्टिनेजले नै यो वर्षको बालोन डी’ओर जित्न सक्ने सम्भावना बढेको हो ।

अर्कोतर्फ स्पेनिस मिडफिल्डर रोड्री पनि युरोकप जितेसँगै बालोन डी‘ओर अवार्डको प्रमुख दाबेदार बनेका छन् । स्पेनलाई युरोकप जिताउदा होस अथवा म्यानचेस्टर सिटीलाई घरेलु लिगमा च्याम्पियन्स बनाउन किन नहोस् उनको भूकिा सबैभन्दा महत्वपूर्ण थियो । रोड्रीले यो सिजनमा मात्रै ५ महत्वपूर्ण उपाधि जितिसकेका छन् । जबकि, रियल मड्रिडका भिनिसियस जुनियर र जुड बेलिङ्घमले ३–३ र अर्जेन्टिनाका लौटारो मार्टिनेजले पनि ३ उपाधि नै जितेका छन् ।

‘गोल’को सर्वे अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा ट्रफी हन्ट गर्नबाट चुकेका जुड र भिनिभन्दा मार्टिनेज र रोड्री बालोन डी‘ओर अवार्डका लागि बलिया दाबेदार हुन्। अन्तर्राष्ट्रिय फुटबलअघि सूचीमै नअटाएका यी दुई खेलाडीले युरोकप र कोपा अमेरिकाको उपाधिकै कारण अग्रस्थानमा ल्याएको छ । यसैगरी रियल म्याड्रिडका ड्यानी कार्भाजल पनि बालोन डी’ओर जित्न सक्ने खेलाडीका रुपमा हेरिन थालिएको छ । उनले जारी वर्ष क्लब र देशलाई जिताउन सकिने सबै प्रकारका उपाधि जिताएका छन् । सोही क्रममा उनले ७ गोल र ४ असिस्ट गर्न पनि सफल भएका छन् ।

Logo