महिला एसिया कप: पाकिस्तानको सुगठित ब्याटिङ अघि निरिह नेपालको बलिङ

महिला एसिया कप: पाकिस्तानको सुगठित ब्याटिङ अघि निरिह नेपालको बलिङ

केन्द्रबिन्दु
42
Shares

काठमाडाैं। आइतबार पाकिस्तानसँग भएको दोस्रो खेलमा नेपाल ९ विकेटले पराजित भएकाे छ । टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ बलमा मात्र १ विकेटको क्षतिमा ११० रन बनाउँदै पूरा गरेको हो ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोड्दा सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन् । कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकिनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।

नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिँदा फातिमा सानाले एक विकेट हात पारिन् ।  पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् ।

उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोड्न सफल भइन् भने मुनिबा अलीले नटआउट ४६ रन जोडिन् । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् ।

समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ ।

एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धागर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ ।

Logo