कलाकारितासंगै खेलमा पनि अब्बल श्रेयष

कलाकारितासंगै खेलमा पनि अब्बल श्रेयष

केन्द्रबिन्दु
154
Shares

काठमाडाैं । चलचित्र’दुई नम्बरी’बाट देश तथा विदेश युएई, मलेसियालगायतका बिभिन्न ठाउँहरुमा समेत लगातार उत्कृष्ट बालकलाकारको उपाधि पाएर खेलजगतमा पनि अगाडि बढिरहेका श्रेयष पौडेल क्षेत्री उमेर समूहकाे फुटबल खेल्न डेनमार्कको जोरिङ्ग उडेका छन्।

अरियम एकेडेमीबाट नेपालको प्रतिनिधित्व गर्दै दाना कप खेल्न प्रशिक्षकसहित १२ खेलाडी आइतबार डेनमार्कका लागि प्रस्थान गरेका हुन्।

दिवास अगस्तीको प्रशिक्षण तथा व्यवस्थापनमा’दाना कप २०२४’मा श्रेयश पौडेल क्षेत्री सहित रोयल्सा गिरी, प्रिन्स भण्डारी, निर्भिक सिंङ, युश दुलाल, आर्जल अधिकारी, समिक गिरी, आभास तामाङ, प्रतीक उप्रेती, रोशन चन्द, आरोग्य श्रेष्ठ र सुएव शर्मा दुलालले खेल्नेछन् ।

Logo