महिला एसिया कप: भारतविरुद्ध फितलो प्रदर्शन गर्दै प्रतियोगिताबाटै बाहिरियो नेपाल

महिला एसिया कप: भारतविरुद्ध फितलो प्रदर्शन गर्दै प्रतियोगिताबाटै बाहिरियो नेपाल

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । नेपाल जारी महिला एशिया कपबाट बाहिरिएको छ । समुह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै बाहिरिएको हो ।

भारतले दिएको १७९ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट फुमाउदै ९६ रन बनाएको थियो । नेपालका लागि सिता राना मगरले सर्बाधिक १८ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १५ र कप्तान इन्दु बर्माले १४ रन बनाएकी थिइन् ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउदै १७८ रन बनाएको थियो । भारतका लागि सेफाली बर्माले सर्बाधिक ८१ रन बनाएकी थिइन् भने दयालान हेमालताले ४७ रन बनाएकी थिइन् । त्यस्तै जेमीनाह रोड्रीगेजले २८ र संजीवन सजनाले १० रन बनाएकी थिइन् ।

त्यसैगरी नेपाली बलर सिता राना मगरले २ र कबिता जोशीले एक विकेट लिएकी थिइन् । यो जितसँगै भारतले समुह चरणमा लगातार तीन खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ भने पाकिस्तान उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै समुह ए बाट नेपालले ३ खेलमा एक खेल जितेर २ अंकसहित तेस्रो हुदै बाहिरिएको छ । समुह ए बाट युएईले तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।
 

Logo