रोनाल्डो र नेयमारपछि साउदी प्रो लिगमा आउँदैछन् यी स्टार, सबैभन्दा धेरै ब्राजिलियन[भिडियाेसहित]

रोनाल्डो र नेयमारपछि साउदी प्रो लिगमा आउँदैछन् यी स्टार, सबैभन्दा धेरै ब्राजिलियन[भिडियाेसहित]

केन्द्रबिन्दु
14
Shares

काठमाडाैं । करिअरको उत्तरार्धमा रहेका क्रिस्टियानो रोनाल्डो र नेयमार जस्ता सुपरस्टार खेलाडी साउदी प्रो–लिगमा जोडिएपछि अहिले साउदीको लिगप्रति विश्वकै ध्यान केन्द्रित भएको छ । सोही कारण विश्व फुटबलका स्टार खेलाडीहरुको पहिलो रोजाई युरोप र इङ्ल्याण्ड नभएर अहिले साउदीलाई रोजिरहेका छन् । रोनाल्डोको आगमन देखेर साउदी लिगमा भित्रिएका ठुला खेलाडी नेयमार, करिम बेन्जेमा, एङगोलो कान्टे, रुबेन नेभेस, यासिन बोनु, साडियो माने, रोबर्टो फिर्मिनोलगायत ठुला नामहरु हुन् । आकर्षक पैसाको प्रलोभन देखाएर विश्व फुटबलकै हस्ती खेलाडीहरु भित्राउन सफल साउदीले फेरी हाइप्रोफाइल खेलाडीहरु भित्राउन कम्मर कसेको छ ।

रिपोर्टका अनुसार यो सिजन साउदीले लिभरपुलका सुपरस्टार मोहमद सलाहलाई भित्राउन हरसम्भव प्रयास गरिरहेको छ । सलाहलाई साउदी क्लब अल इत्तिहादले १५० मिलियन युरोको अफर गरेको पनि बताइन्छ । लिभरपुलमा अझैं एक वर्ष सम्झौता बाँकी रहेकाले सलाह अझैं लिभरपुलमै खेलिरहन्छन् की साउदी जान्छन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । तर उनलाई साउदी क्लबले भित्र्याउने कुनै पनि कसुर बाँकी राखेको छैन ।

यसैगरी साउदी जाने अर्को ठुलो खेलाडीको सूचीमा बेल्जियमका प्लेमेकर केभिन डी ब्रुएनको नाम अगाडी आएको छ । हाल म्यानचेस्टर सिटीबाट खेलिरहेका ब्रुएनले सिटी छोड्ने लगभग निश्चित भइसकेको छ । मिडिया रिपोर्टका अनुसार ब्रुएनले साउदी क्लब अल इत्तिहादसँग मौखिक सहमति जनाइसकेका छन्। ब्रुएन आफैले पनि केहि समय अघि युरोपमा दश बर्ष खेल्दा कमाएको पैसा साउदीमा एक बर्षमै कमाउन सक्ने भन्दै आफु नजिकका सबैले साउदी जान भनिरहेको बताएका थिए ।

यसैगरी आर्सनलका लागि खेलिरहेका ब्राजिलियन फर्वाड गाब्रियल जिससलाई भित्राउने प्रयास उच्च रहेको छ । आर्सनलमा पर्याप्त खेल समय नपाएका कारण असन्तुष्ट रहेका जिसस साउदी क्लब अल अहलीमा जानसक्ने बताइएको छ । केही समयअघि सम्पन्न कोपा अमेरिकाको ब्राजिली टोलीमा समेत नपरेका जिसस उनको पुर्वक्लब म्यानचेस्टर सिटीका सहकर्मी रियाद महरेज जोडिएको क्लब अल अहलीमा जान सक्ने बताइएको छ । त्यस्तै हाल म्यानचेस्टर युनाइटेडमा खेलिरहेका अर्का ब्राजिलियन क्यासेमिरोलाई भित्र्याउन अल नासर र अल इत्तिहादले इच्छा देखाएको छ। म्यानचेस्टर युनाइटेडले पनि क्यासेमिरोलाई बेच्ने भनेर बताइसकेको छ ।

त्यस्तैगरी ब्राजिलकै अर्का खेलाडी रिचार्लिसनले पनि साउदी लिग जान सक्ने बताइएको छ । हाल टोटनह्यामबाट खेलिरहेका रिचार्लिसनलाई अल अहली क्लबले किन्ने रिपोर्ट बाहिरिसकेको छ । यसअघि उनी अल हिलाल जाने निकै चर्चा चलेको थियो ।

त्यस्तै ब्राजिलियन गोलकिपर एडरसन पनि साउदी क्लब जाने लाइनमा लागेका छन् । हाल म्यानचेस्टर सिटीमा पहिलो रोजाई बनेर खेलिरहेका एडरसनलाई साउदी क्लब अल इत्तिहादले निकै आकर्षक रकम अफर गरेको बताइएको छ । त्यसैगरी हाल लिभरपुलबाट खेलिरहेका ब्राजिलका अर्का गोलकिपर एलिसन बेकरलाई पनि साउदी क्लब अल नासरले अफर गरेको छ । उनको लिभरपुलका पुर्व सहकर्मी साडियो मानेसँग अल नासरमा पुनर्मिलन हुनसक्ने बताइन्छ । त्यसैगरी ब्राजिलियन मिडफिल्डर लुकास पाक्वेटा पनि अल नासरमा जाने हल्ला उत्तिकै चलेको छ । यसका अलावा गोलकिपर केपा आरिजाबालागा पनि साउदी क्लबको निशानामा रहेका छन् । उनलाई अल इत्तिहादले किन्ने हल्ला विभिन्न मिडिया रिपोर्टले देखाईसकेको छ ।

साउदी लिगमा स्टार खेलाडीहरुको आइरो लाग्दा रोनाल्डोेको प्रतिद्धन्द्धी तथा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी अनुबन्धित अमेरिकाको एमएलएस लिगमा भने युरोप तथा अन्य लिगका खेलाडीहरु जान त्यति रुचि नखेदाएको स्पष्ट देखिन्छ । प्रायश्च खेलाडीले अमेरिकाको ग्रिनकार्ड भन्दा साउदीको मोटो रकम नै रोजेको अनुमान लगाउन सकिन्छ ।

Logo