महिला एसियाकपको सेमिफाइनल समिकरण पूरा

महिला एसियाकपको सेमिफाइनल समिकरण पूरा

केन्द्रबिन्दु
154
Shares

काठमाडाैं । एसीसी एसिया कप महिला क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधवार राति भएको खेलको नतिजासँगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो । समूह एबाट भारत र पाकिस्तानले  सेमिफाइनलमा स्थान बनाउँदा समूह बी बाट श्रीलंका र बंगलादेशले स्थान पक्का गरेका छन् ।

बुधवार भएको पहिलो खेलमा बंगलादेशले मलेसियालाई ११४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्दा दोस्रो खेलमा श्रीलंकाले थाइल्याण्डमाथि १० विकेटको एकतर्फी जित निकालेको हो । समूह चरणका खेल सकिएपछि प्रतियोगिताका दुवै सेमिफाइनल खेल शुक्रबार जुलाई २६ मा हुनेछन् । पहिलो सेमिफाइनलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा श्रीलंका र पाकिस्तान भिड्नेछन् ।

समूह ‘ए’ बाट भारत सबै खेल जितेर शीर्ष स्थानमा छ भने समूह ‘बी’ बाट श्रीलंका सबै खेल जितेर शीर्ष स्थानमा छ । बंगलादेश र पाकिस्तानले भने समूह खेलमा क्रमशः श्रीलंका र भारतसँग पराजित भएका छन् । त्यसैले सेमिफाइनलमा समूह ‘ए’ को शीर्ष टोलीले समूह ‘बी’ को दोस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्दैछ । जसमा भारत र बंगलादेशबीचको खेल हुनेछ । अर्कोतर्फ समूह ‘बी’ मा शीर्ष स्थानमा रहेको श्रीलंकाले समूह ‘ए’ मा दोस्रो स्थानमा रहेको पाकिस्तानसँग खेल्नेछ ।

सेमिफाइनलको पहिलो खेलमा शुक्रबार दिउँसो सवा २ बजे भारत र बंगलादेश भिड्ने छन् भने सोही साँझ सवा ७ बजे श्रीलंका र पाकिस्तान आमने सामने हुने छन् ।

Logo