स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किँदै छ । श्रीलंकामा जारी महिला एसिया कपको समूह चरणबाटै बाहिरिएपछि नेपाली राष्ट्रिय महिला टोली बिहीबार स्वदेश फर्कन लागेको हो ।

समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपाल भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेर नयाँ अनुभव बटुल्दै स्वदेश फर्किँदै छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली श्रीलंकन एअरलाइन्समार्फत बिहीबार दिउँसो सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ ।

इन्दु बर्माको नेतृत्वमा एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले समूह चरणको पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले स्तब्ध भएको थियो ।

Logo