एसिया कप खेलेर स्वदेश फर्कियाे नेपाली महिला क्रिकेट टाेली

एसिया कप खेलेर स्वदेश फर्कियाे नेपाली महिला क्रिकेट टाेली

कप्तान बर्मा भन्छिन्- हामीले खेल्न सक्छौं भन्ने सन्देश गएको छ

केन्द्रबिन्दु
126
Shares

नेपाली महिला क्रिकेट टाेली श्रीलंकामा आयोजित महिला एसिया कप टी-२० क्रिकेट खेलेर स्वदेश फर्किएको छ । एक ऐतिहासिक जित हासिल गरेपनि समूह चरणबाटै बाहिरिएकाे नेपाली टाेली आज अपरान्ह श्रीलंकन एअरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे हाे ।

इन्दु बर्माको नेतृत्वमा एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले समूह चरणको पहिलो खेलमा यूएईमाथि छ विकेटको ऐतिहासिक जित निकालेको थियो। एसिया कपको इतिहासमै यो नेपालको पहिलो जित हो । यसअघि दुई संस्करणमा ८ खेल खेल्दा नेपाल सबैमा पराजित भएको थियो । तर, यो पटक जितको खडेरी तोडिएको हो ।

यस्तै, दोस्रो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले स्तब्ध भएको थियो।

विमानस्थलमा अवतरणपछि कप्तान इन्दु बर्माले भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेर नयाँ अनुभव बटुलेकाे बताइन् । उनी भन्छिन्- ‘टुर्नामेन्ट सुखद र रोमाञ्चक भयो । यति ठूलो प्लेटफर्ममा खेल्न पाउनु नै ठूला कुरा थियो । हामीले खेल्न सक्छौँ भन्ने सन्देश गएको छ । यूएईसँग कसरी हुन्छ जित चाहिन्छ भन्ने थियो । त्यसपछि पाकिस्तानलाई कडा फाइट दिने रणनीति बनाएका थियौँ । हामीले सक्दो प्रयास गरेको हो । टेस्ट नेसनहरुलाई फाइट दिँदा चाँही हामीले पोटेन्सीयल देखाउन सक्यौँ जस्तो लाग्छ । हाम्रो धेरै कमजोरीहरू छन् । अझै मिहिनेत गर्नुपर्ने छ । धेरै कुरा सिक्यौँ ।’

Logo