सबै जिल्लामा कभर्डहल बनाउन प्रधानमन्त्रीको इच्छा, दशरथ रंगशालाबारे चिन्तित

सबै जिल्लामा कभर्डहल बनाउन प्रधानमन्त्रीको इच्छा, दशरथ रंगशालाबारे चिन्तित

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जिल्लामा कभर्डहलको विस्तार गर्नुपर्ने बताएका छन् । बिहीबार काभा महिला भलिबल प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडीहरूलाई सिक्नका लागि कर्भडहल हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रा खेलाडी छोरीहरूले राम्रो खेल प्रदर्शन गरेका छन् । उत्कृष्टता देखाएका छन् । नेपाललाई विश्वमा चिनाएका छन् यो धेरै ठूलो कुरा हो । हामीले नयाँ चिह्नहरू स्थापना गर्दै अगाडि बढ्नुपर्छ । कुनै एउटा उचाइ छोएपछि सन्तुष्ट भइहाल्नु हुँदैन । थप उचाइ छुनका लागि हामीलाई अनुकूलता र सिक्नका लागि कहाँ सिक्ने उचित वातावरण चाहिन्छ । खेलाडी टिमले नै भनेका थिए कि लगातार सिक्नका लागि कर्भडहल आवश्यक छ । हरेक मौसममा पनि सिक्नका लागि कभर्डहल आवश्यक छ, तर कभर्डहल छैन ।’

साथै उनले काठमाडौँमा मात्र होइन सबै प्रदेशमा कभर्डहल हुन जरुरी रहेको बताए । उनले जिल्ला जिल्लामा कभर्डहल बने जुन ठाउँमा छ त्यहीँ ठाउँ बसेर सिक्ने सकिने बताए । साथै उनले दशरथ रंगशालाको खेल मैदान सबैभन्दा बढी बिग्रेको बताए । उनले दशरथ रंगशाला जस्तो बिग्रेको मैदान कतै नदेखेको जिकिर गरे ।

Logo