हंगेरीमाथि जर्मनीको एकतर्फी जीत

हंगेरीमाथि जर्मनीको एकतर्फी जीत

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले शानदार जीत दर्ता गरेको छ । शनिबार राति भएको खेलमा जर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको एकतर्फी जीत दर्ता गरेको हो ।

समूह ३ मा रहेको जर्मनीको जीतमा निकलस फुलक्रग, जमाल मुसिएला, फ्लोरियन विट्ज, एलेक्जेन्डर पाभलोभिक र केइ हार्भाटेजले एक एक गोल गरेका थिए । खेलको २७ औँ मिनेटमा जमाल मुसिएलाको क्रसपासमा निकलस फुलक्रगले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा अरू ४ गोल थपेको थियो । ५७ औँ मिनेटमा विट्जको पासमा मुसिएलाले गोल गर्दै अग्रता दोब्बर बनाए । अधिकांश समय हंगेरीमाथि दबाब बनाएको जर्मनीले तेस्रो गोल ६६ औँ मिनेटमा गरेको थियो ।

मुसिएलाको पासमा विट्जले डीबक्सभित्रबाट उत्कृष्ट गोल गरेका थिए । ७७ औँ मिनेटमा मुसिएलाकै पासमा एलेक्जेन्डर पाभलोभिकले गोल गरेपछि जर्मनी ४–० ले अघि बढेको थियो ।

८१ औँ मिनेटमा हंगेरीका विली ओर्वानले हार्भाटेजलाई डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गर्दै जर्मनीलाई ५–० को जीत दिलाए ।

यही समूहमा रहेको नेदरल्याण्ड्सले बोस्निया हर्ज गोभिनालाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।

Skip This
Skip This
Logo