प्रधानसेनापति ट्रफी –२०८१ प्रतियोगिता सुरु

प्रधानसेनापति ट्रफी –२०८१ प्रतियोगिता सुरु

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । प्रधानसेनापति ट्रफी –२०८१ प्रतियोगिता आजदेखि सुरु भएको छ ।
आइतबारबाट नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलले शुभारम्भ गरेसँगै प्रधानसेनापति ट्रफी प्रतियोगिता सुरु भएको हो ।

सेनाका अनुसार प्रधानसेनापति ट्रफी प्रतियोगिता भदौ ३० गतेदेखि असोज १५ गतेसम्म सञ्चालन हुने छ ।

८ विधामा सञ्चालन हुने प्रतियोगितामा र जसमा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स समावेश गरिएको छ ।

यसैबीच, प्रतियोगिताको उद्घाटनका अवसरमा पुरुषतर्फ एक हजार पाँच सय मिटर दौडमा रामचन्द्र बानियाँ र महिलातर्फ एञ्जिला कार्की प्रथम भएका थिए । कार्यक्रममा खेलाडीबाट विभिन्न खेल कौशल प्रदर्शन गरिएको थियो । खेलको माध्यमबाट मित्रताको अवधारणा अनुसार सैनिक नागरिक सम्बन्ध प्रगाढ तुल्याउने प्रतियोगिताको लक्ष्य रहेको सेनाले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडि उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले विसं २०६५ देखि प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

Logo