लायन्सले पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता गर्दै

लायन्सले पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता गर्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता गर्ने भएको छ । लायन्स क्लबको आयोजनामा पहिलोपटक हुन लागेको यो प्रतियोगिता असोज ४ र ५ गते पोखरा रंगशालामा हुने भएको हो ।

डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाका अनुसार प्रतियोगितामा १६ जना राष्ट्रिय बाइक रेसिङ खेलाडीहरूले भाग लिँदै छन् । डिष्ट्रिक्ट ३२५ जे का स्पोर्टस् चिफ लायन अनिलकुमार बरालले प्रतियोगिताको पहिलो दिन प्राक्टिस राउन्ड हुने र दोस्रो दिन प्रतियोगिता हुने जानकारी दिए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई कप र नगद पुरस्कार प्रदान गरिनुका साथै सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिने चिफ पिआरओ लायन रामराजा थापाले बताएका छन् ।

डिष्ट्रिक्ट स्पोर्टस् चिफ लायन शिव श्रेष्ठका अनुसार युवा शशक्तिकरणमा जोड दिँदै मोटर स्पोर्टस्को प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको सम्पूर्ण प्राविधिक पक्षको जिम्मेवारी मोटर स्पोर्टस् नेपाल क्लबले लिएको छ भने लायन्स क्लब अफ काठमाडौँ युनाइटेड स्टार्स र लायन्स क्लब अफ पोखराले खेलको संयोजन गरिरहेका छन् ।

Logo