चितवन शक्तिले भित्र्यायो रसियन स्पाइकर

चितवन शक्तिले भित्र्यायो रसियन स्पाइकर

केन्द्रबिन्दु
126
Shares

काठमाडाैं । एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीएल) का लागि चितवन शक्तिले रसियाकी अपोजिट हिटर अन्ना डिमित्रीभालाई भित्र्याएको छ ।

पहिलो पटक अनुबन्ध गरेको अजरबैजानकी केन्सिया पावेल्निको केही कारण बस टिममा आउन नसक्ने भएपछि चितवनले अर्की खेलाडीलाई उनको स्थापनमा प्रतिस्थापन गर्न लागेको हो ।

२१ वर्षीया अन्ना ६.२ उचाइ भएकी दायाँ हाते स्पाइकर हुन् । उनी पहिलो पटक नेपालमा खेल्न आउन लागेकी हुन् । उनको उपस्थितीले टिम थप बलियो हुने र प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास चितवन शक्ति टिमले लिएको छ ।

चितवनका लागि भारतीय मिडलब्लकर सुर्या सरसुरी र स्पाइकर केपी अनुश्रीलाई अनुबन्ध गरिसकेको छ । अन्ना चितवनको तेस्रो विदेशी खेलाडी हुन् । उनले वात्सल्य महिला भलिबल लिगमा चितवनको लागि खेल्नेछिन् । चितवनका लागि नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन् ।

Logo