नेपालले आज जित्नैपर्ने दबाबमा क्यानडासँग खेल्दै

नेपालले आज जित्नैपर्ने दबाबमा क्यानडासँग खेल्दै

केन्द्रबिन्दु
420
Shares

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति ८ः ४५ बजेदेखि हुँदै छ ।

पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो ।

लिग–२ मा नेपालले अहिलेसम्म ५ खेलमा हार बेहोरेको छ र अंक तालिकामा सातौँ स्थानमा छ । लगातारको हारपछि नेपाल जित्नैपर्ने दबाबमा आज क्यानडासँग भिड्दै छ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ। त्यस्तै लिग–२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपालले ओमानसँगसमेत पहिलो खेलमा १ विकेटको हार बेहोरेको छ । ओमानसँगको अन्तिम खेल नेपालले मंगलबार खेल्नेछ । नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी–२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ ।

Logo