ऐतिहासिक पदक जितेर स्वदेश फर्किइन् एरिका

ऐतिहासिक पदक जितेर स्वदेश फर्किइन् एरिका

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । चीनको हाङ्जाउमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छिन् ।

मंगलबार च्याम्पियनसिपमा रजत पदक जितेकी गुरुङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।

चीनको हाङ्जाउमा भएको प्रतियोगिताको महिला ६८ केजी तौल समूहमा नेपाली कराँते खेलाडी भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भइन् । तर एसियाली कराँतेको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालले पहिलो पटक पदक जितेको हो । एक वर्षअघि हाङ्जाउमै भएको १९ औँ एसियाली खेलकुदको कराँतेमा पनि उनले रजत पदक जितेकी थिइन् ।

Logo