बाहिरी जिल्लाको खेलाडी खेलाएको भन्दै उजुरी दर्ता

बाहिरी जिल्लाको खेलाडी खेलाएको भन्दै उजुरी दर्ता

केन्द्रबिन्दु
448
Shares

काठमाडौं । खेल भावना विपरित एफसी पोतालाले बाहिरी जिल्लाको खेलाडी खेलाएको भन्दै न्यू कम्बाइन क्लवले उजुरी दर्ता गरेको छ ।

जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा पहिलो क्वाटरफाइनल खेल पोताला र कम्बाइनको भएको थियो । पोतालाबाट खेलेका खेलाडी सन्त घलेको गोरखा जिल्लाको नागरिकता भएको, बसाइँसराइ नभएको र गोरखा जिल्लाको लिग खेलेको भन्दै कम्बाइनले उजुरी गरेको हो ।

कम्बाइन क्लवका म्यानेजर उज्वल तितुङले निवेदन र उजुरी शुल्क नगद १० हजार रुपैयाँसहित छानबीनका लागि खेल संयोजक र अनुशासन समिति समक्ष निवेदन दर्ता गराएका हुन् । यो खेल २–१ ले पोतालाले जितेको थियो । कम्बाइनको उजुरीको विषयमा आवश्यक अनुसन्धान एवम् छानबीन भैरहेको प्रतियोगिता संयोजक समेत रहेका फुटबल संघका उपाध्यक्ष युवराज लामाले जानकारी दिए ।

पोताला क्लव फुटबल संघ मकवानपुरका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य टीकाराम लामाको क्लव हो भने कम्बाइन फुटबल संघका कार्यसमिति सदस्य सचिन राईको क्लव हो । पछिल्लोसमय लिगमा धेरै खेलहरु मिलेमतो भएको आरोपसमेत लागिरहेको छ ।

Logo