वर्षाका कारण नेपालले पायो एक अंक

वर्षाका कारण नेपालले पायो एक अंक

केन्द्रबिन्दु
280
Shares

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट २ अन्तर्गत क्यानडाको किङ् सिटीमा ८ः४५ बजेका लागि तय भएको नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक बनेपछि खेल रद्द भएको छ ।

खेल रद्द भएसँगै दुवै टोलीले समान १–१ अङ्क बाँडेका छन् ।

क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले चौथो खेल खेल्न लागेको थियो । विश्वकप क्रिकेटमा खराब सुरुआत गरेको नेपाल घरेलु टोली क्यानडासँग दुई र ओमानसँग एक खेल पराजित भएको थियो ।

त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग एक सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यस्तै, नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो भने तेस्रो खेलमा पनि क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।

लिग–२ को अङ्क तालिकामा नेपाल आठ खेलमपछि तीन अङ्कका साथ सातौँँ स्थानमा छ भने ओमान सात खेलमा छ अङ्कका साथ छैटौं स्थानमा छ । उक्त एकदिवसीय शृङ्खलापछि अब नेपालले क्यानडामै आयोजना हुने क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी शृङ्खला खेल्नेछ ।

Logo