एम्बापेले लगातार पाँचौँ खेलमा गोल गरेपछि डेपोर्टिभो एलाभेसमाथि रियल म्याड्रिडको जीत

एम्बापेले लगातार पाँचौँ खेलमा गोल गरेपछि डेपोर्टिभो एलाभेसमाथि रियल म्याड्रिडको जीत

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले डेपोर्टिभो एलाभेसलाई ३–२ ले पराजित गरेको छ । एम्बापेले लगातार पाँचौँ खेलमा गोल गरेपछि रियल विजयी भएको हो ।

रियलले लुकास भाजक्वेजको गोलले खेलको पहिलो मिनेटमै अग्रता लिएपछि एम्बापेले ४०औँ मिनेटमा दोस्रो गोल थपे । रोड्रिले ४८ औँ मिनेटमा तेस्रो गोल गरे ।

रियल जिततर्फ अग्रसर भएको बेला डेपोर्टिभोका कार्लोस बेनाभिडेज र किका गार्सियाले गोल गरे । यी गोल ८५ र ८७ औँ मिनेटमा भए । रियलको सात खेलबाट १७ अंक भएको छ र यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको दूरी हो । मंगलबारका अन्य खेलमा सेभियाले रियल भालाडोलिडलाई २–१ ले हरायो भने भ्यालेन्सिया र ओसासुनाले गोलरहित बराबरी खेले ।

Logo