पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ३ जना खेलाडीको शव हेटौँडा पुर्‍याइयो

पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ३ जना खेलाडीको शव हेटौँडा पुर्‍याइयो

केन्द्रबिन्दु
560
Shares

काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा शनिबार आएको पहिरोमा परी मृत्यु भएका मकवानपुर जिल्लाका फुटबलरको शव सोमबार बिहान हेटौँडा पुर्‍याइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को युथ–१४ एकेडेमीमा रहेका ४० जना खेलाडीमध्ये ६ जनाको पहिरोले पुरिएर निधन भएको थियो ।

शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरी मृतक खेलाडीको शव आइतबार नै हेटौँडा लैजाने तयारी भए पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
आज बिहान करिब ९ बजेको समयमा हेटौँडा–११ स्थित बागमती प्रदेश प्रहरी कार्यालयमा हेलिकोप्टरमार्फत् मकवानपुर जिल्लाको तीनजना खेलाडीको शव हेटौँडा पुर्‍याइएको हो ।

मकवानपुरको सिस्नेरी घर भएका दिवस बानियाँ, हेटौँडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जनको पहिरोले पुरेर मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल र मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालको उपस्थितिमा मृतकको शव आफन्तलाई जिम्मा लगाइएको थियो । मृतको शव हेटौँडा–४ स्थित जिल्ला खेलकुद विकास समितिमा राखिएको छ ।

मृतकको खेलाडी पार्थिव शरीरमा खेलाडी, प्रशिक्षक, खेलप्रेमी, जनप्रतिनिधिहरूले पुष्पगुच्छा अर्पण गरेका छन् । एन्फा मकवानपुरको संयोजनमा खेलाडीको शवलाई उक्त स्थानमा राखिएको हो ।

Logo