एनपिएलको कमर्सियल अधिकार ५ करोड ९२ लाख रूपैयाँमा ब्रिकी

एनपिएलको कमर्सियल अधिकार ५ करोड ९२ लाख रूपैयाँमा ब्रिकी

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को कमर्सियल अधिकार ५ करोड ९२ लाख रूपैयाँमा ब्रिकी भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको पहिलो संस्करणको एनपिएलको कमर्सियल अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिले ५ करोड ९२ लाख रूपैयाँमा बोली लगाएको हो । अब उक्त कम्पनीले एनपिएल २०२४ को व्यापारिक पक्षको व्यवस्थापन र मार्केटिङ गर्नेछ ।

आगामी मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा काठमाडौं, विराटनगर, जनकपुर, चितवन, लुम्बिनी, पोखरा, कर्णाली र सुदूरपश्चिमले भाग लिँदै छन् ।

Logo