टी–२० श्रृंखलामा आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने

टी–२० श्रृंखलामा आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौँ । ओमानसम्मिलित टी–२० आई त्रिकोणात्मक शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ ।

क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति पौने १० बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जीत निकाल्ने योजनामा छ ।

ओमानलाई ३७ रनले हराएको नेपाल सिरिजमा दोस्रो जीत निकाल्ने दाउमा छ । उता सिरिजको तेस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको क्यानडा नेपालमाथि जीत निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा छ ।

त्रिकोणात्मक सिरिजमा समान २ खेल खेलेको नेपाल एक खेलमा जीत र एक खेलमा हार भोग्दै २ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ । समान खेल र नतिजाबाट ओमान दोस्रो र क्यानडा तेस्रो स्थानमा छ ।

Logo