मधेशलाई हराउँदै चितवनले निकाल्यो दोस्रो जित

मधेशलाई हराउँदै चितवनले निकाल्यो दोस्रो जित

केन्द्रबिन्दु
252
Shares

काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीएल) मा चितवन शक्तिले मधेश युनाइटेडलाई ३–१ सेटमा हराउँदै लिगमा दोस्रो जित हात पारेको छ ।

राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको लिगको तेस्रो दिनको तेस्रो खेलमा चितवनले मधेशलाई २५–२०, २५–१९, १९–२५ र २५–२१ ले हराएको हो । पहिलो, दोस्रो र चौथो सेटमा जित्दै चितवनले खेल जितेको हो ।

पहिलो खेलमा गण्डकी थन्डर्सलाई ३–१ ले पराजित गरेको चितवनका लागि यो लिगको दोस्रो जित हो ।

पहिलो सेटको पहिलो अंक लिएको चितवन ६–३ ले पछि पर्यो । १३ बराबरीमा आएर मात्रै चितवनले मधेशलाई भेट्एको थियो । त्यसपछि भने १७ अंकसम्म दुवै टिम बराबरीमा आएका थिए । त्यसपछि भने चितवन शक्तिले २१–१७ मा ल्याएको थियो । त्यसपछि भने २५–२० ले चितवनले पहिलो सेट जित्यो ।

दोस्रो सेटमा चितवनले ४–० को अग्रता लिएको थियो । त्यही अग्रतालाई कायम राख्दै चितवनले १०–३ को अग्रता लियो । १५–६ को अग्रता बनाउँदै चितवनले दोस्रो सेटमा पनि मधेशमाथि हाबी रह्यो । मधेशको भने आजको खेलमा तालमेलको निकै कमी रह्यो । त्यसमा पुन मधेश युनाइटेडले खेलमा पुनरागमन गर्यो । तर सेट भने चितवनले २५–१९ ले जित्यो । ठूलो अंकको अग्रता हुँदा चितवनले केही युवा खेलाडीलाई पनि मौका दियो । जसले गर्दा मधेशले १० अंकको चितवनको अग्रता घटाउने मौका पाएको थियो । तर पुनरागमन भने गर्न सकेन ।

तेस्रो सेटमा भने मधेशले अग्रता बनायो । जसलाई चितवनले ५ अंकमा आएर बराबरी बनायो । त्यसपछि पनि यो सेटमा १५ अंक सम्म अग्रता बनाइ रह्यो । १५ अंकमा आएर भेटेको चितवनले पुन लय बिग्रार्दा २५–१९ ले तेस्रो सेट सुम्पियो ।

चौथो सेटमा पनि खेल प्रतिस्पर्धात्मक खेल नै रह्यो । चौथो सेटमा लगातार अग्रता बनाएको चितवनले बिचमा मोमेन्टम गुमायो । चितवन खेलमा पसन फकर्दै २०–१७ को अग्रता बनायो । त्यसपछि चितवनले चौथो सेटमा २५–२१ ले हराउँदै खेल जितेको हो ।

चितवनले पहिलो खेलमा गण्डकी थन्डर्सलाई हराएको थियो भने दोस्रो खेलमा काठमाडौं स्पाइकर्ससँग हारेको थियो ।

Logo