सुदूरपश्चिम रोयल्सको सीईओमा प्रकाश खड्का नियुक्त

सुदूरपश्चिम रोयल्सको सीईओमा प्रकाश खड्का नियुक्त

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सले प्रकाश खड्कालाई सीईओ नियुक्त गरेको छ । सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र खड्काबीच शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

खड्का लामो समयदेखि क्रिकेट व्यवस्थापनमा सक्रिय रहेका‌ थिए । उनले घरेलु क्रिकेटको धनगढी प्रिमियर लिगमा १० वर्ष निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए ।

सुदूरपश्चिमको पहिचान बोकेर एनपीएलमा सुदूरपश्चिम टोलीको साथ दिन पाउँदा खुसी लागेको खड्काले बताए । उनले भने, ‘सुदूरपश्चिम क्षेत्र क्रिकेटको उर्वर भूमि हो । हाम्रो क्षेत्रको प्रतिनिधित्व गरेको टोलीको हिस्सा बन्न पाउँदा गर्व महसुस भएको छ । अब मैदानभित्र टोलीलाई थप बलियो बनाउन हाम्रो प्रयास हुनेछ । मार्कीमा हाम्रै क्षेत्रका दीपेन्द्रसिंह ऐरी र प्रशिक्षक जगत टमाटा हुँदा थप बल पुगेको छ । ’

टोलीले बिहीवार ओलम्पियन दीपक विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमाटा छन् ।

Logo